काठमाडौंमा नेपाल र भारत घर भएकाहरूको ठूलो ग्याङ पक्राउ

काठमाडौं । फुटबलमा सट्टाबाजी गर्ने आठ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले नेपाल र भारतका आठ जना नागरिकहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले नगद पैसा, विभिन्न बैंकका चेक, सिमकार्डसहितको मोबाइल सेटहरू बरामद गरेको छ ।

युरोकप–२०२० र कोपा अमेरिका कपमा सट्टेबाजी गर्नेहरूको गोप्य सूचनाका आधारमा प्रहरीले इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका स्थानमा छापामारेर पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानमा छापामारेको थियो । नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरि मुलुकी अपराध संहिता– २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ४ सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं– १९ ढोकाटोल बस्ने ४७ का जीवन लामा, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– ७ घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने वर्ष ४६ का सुरज टिवडेवाल, भारतको बिहार पूर्वी चम्पारण जिल्ला रक्सौल घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने वर्ष ४६ का अशोककुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका– ५ टरौली घर भई हाल काठमाडौंको धापासी बस्ने वर्ष ४५ का गोविन्दप्रसाद आचार्य, भारतको हरियाना विवरनी जिल्ला घर भई हाल काठमाडौंको इन्द्रचोक बस्ने वर्ष ४९ को राजेशकुमार अग्रवाल, भारतको राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने वर्ष ३३ का सुचित डालमिया अग्रवाल र मोरङ जिल्लाको बिराटनगर महानगरपालिका– ७ घर भई काठमाडौंको मरुटोल बस्ने वर्ष ४६ को अमरनाथ गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Published : Monday, 2021 July 5, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया