रोल्पाका बिकले पाल्पामा ७८ वर्षीया वृद्धाको अस्मिता सिध्याए

पाल्पा । पाल्पा जिल्लामा ७८ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय शंकर बिकलाई पक्राउ गरेको छ ।

माथागढी गाउँपालिका निवासी वृद्धालाई बिकले जबरजस्ती करणी गरेको पाल्पा प्रहरीले जनाएको छ । बिकको स्थायी घर रोल्पा जिल्लाको लुङग्री गाउँपालिका– ७ हो । उनी माथागढी गाउँपालिकामा कुलो निर्माणसम्बन्धी लेबर काम गर्दै आएका थिए ।

बिकले वृद्धालाई बुधबार दिउँसो करीव साढे २ बजे घरमा कोही नभएको अबस्थामा मादक पदार्थ सेवन गरि जवरजस्ती करणी गरेको जानकारी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

बिकविरुद्ध जाहेरी दरखास्त समेत परेको छ । जबरजस्ती करणीको अभियोगमा बिकमाथि अनुसन्धान शुरु गरिएको एसपी भट्टराईले बताए ।

यसैबीच, पाल्पाकै रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित मुझुङ कृषी सहकारी कार्यालयको ढोका तथा कोठाभित्र रहेको दराजको ताल्चा फुटाली चर हजार चोरी भएको छ ।

कार्यालयकै ढोका तथा कोठाभित्र रहेको दराजको ताल्चा फुटाली सोह्रो सय पनि चोरी भएको छ ।

श्री कालिका माध्यमिक विद्यालयको अफिसको ढोका तथा कोठाभित्र रहेको दराजको ताल्चा फुटाली पचास हजार पनि चोरी भएको छ ।

नेत्रबहादुर कार्कीले सञ्चालन गरेको नास्ता पसलको ढोकाको ताला फुटाली नगद सात हजार र आठ हजारको रिचार्ज कार्ड समेत चोरी भएको पाल्पा प्रहरीले जनाएको छ । चोरीको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Thursday, 2021 July 1, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया