ज्वालाको पावर लल्याकलुलुक, बाहिरियो यस्तो काण्ड

काठमाडौं । कथित सामाजिक अभियन्ता टीका संग्रौला उर्फ ज्वाला संग्रौलाका दिन कठिन अवस्थामा पुग्ने क्रममा छन् ।

महानगरीय प्रहरी प्रभाग गौशाला, काठमाडौंमा खुश्वु घिमिरेलाई कुटपिट गरेपछि पक्राउ परेकी संग्रौलाको विवाह दर्ताको प्रमाणपत्र फेक रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी हिरासतमा रहेकी संग्रौलालाई काजगपत्र कीर्ते गरेको अभियोगमा पनि प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ । सो विषयमा अनुसनधान शुरु भएको प्रहरीले जनाएको छ ।

संग्रौलाका श्रीमान् भनिएका हिमाल उपाध्यायसँगको वैवाहिक सम्बन्धका कागजात सबै कीर्ते भएको तथ्य प्रहरीले फेला पारेको छ ।

संग्रौला सामाजिक सञ्जालमा गालीगलौजका शब्द लेखेको र घिमिरेलाई कुटपिट गरेको अभियोगमा प्रहरी खोरमा छिन् । उनको सरकारी कागजात कीर्ते गरेको देखिएपछि घटनाक्रमले नयाँ रुप लिएको छ । संग्रौलाको स्थायी घर झापा जिल्लामा पर्छ ।

झापाकी संग्रौला र अछामका उपाध्यायको कागजात भिडाउने क्रममा पाँचथरको कागजात कीर्ते पुष्टि भएको प्रहरी भनाइ छ ।

प्रहरीले मंगलसेन अछामबाट समेत उनीसँग सम्बन्धित कागजात झिकाएको छ ।

कथित सामाजिक अभियन्ताको बहानामा काठमाडौंसहित देशका विभिन्न स्थानमा उत्पात मच्चाउँदै आएकी संग्रौला अझै केही दिन प्रहरी हिरासतमा बस्ने पक्का जस्तै भएको छ ।

Published : Wednesday, 2021 June 30, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया