देउखुरीमा श्रीमती हत्या गर्ने धनीराम पक्राउ

लमही । दाङ जिल्लाको महदेवामा धनीराम चौधरीले आफ्नै पत्नीको हत्या गरेका छन् ।

४० वर्षीय धनीरामले ४३ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गढवा गाउँपालिका–२ महदेवा बस्ने धनीरामलाई आइतबार बिहान प्रहरीले पत्नी हत्योको अभियोगमा पक्राउ गरेको छ ।

धनीरामले घरयसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् ।

शिला गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले धनीरामलाई पक्राउ गरेको थियो ।

खुडा प्रहारबाट गम्भीर घाइते भएकी शिलाको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिलाको हत्याका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2021 May 9, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया