कोरोनाभाइरस मार्न साबुनपानी कि स्यानिटाइजर प्रभावकारी ?

लण्डन । कोरोनाभाइरसको संक्रमणका बेला साबुन पानीले हात धुनेले हात धुनुलाई जानकारहरूले उचित मानेका छन् ।

अमेरिकाको नर्थईस्टर्न युनिभर्सिटीका सह–प्राध्यापक थोमस गिलभर्टले कोरोनाभाइरसको रसायनिक संरचनालाई विथोल्न साबुन र तातो पानीले अति उत्तम रहेको बताए । साबनु र तातो पानीले कोरोनाभाइरसलाई हटाउन ठूलो सहयोग गर्छ ।

‘यो भाइरसको आणुवंशिक पदार्थलाई घेर्ने एकखाले झिल्लीहरू हुन्छन्’, गिलभर्टले भने, ‘तिनको संरचना चिल्लो हुन्छ ।’ उनले भने, ‘यो त्यस्तो संरचना हो, जसलाई साबुन र पानीले कमजोर पार्छ ।’

साबुनपानीले हात राम्री धुने गर्दा भाइरसको आणुवंशिक संरचना अर्थात् आरएनए मर्न जान्छ र यो मानिसमा विकास हुन सक्दैन ।

‘हात धुने समय घटाउने बाहेक मैले यसबारे केही गुनासो सुनेको छैन’, गिलभर्टले भनेका छन्, ‘बीस सेकेण्ड भनेको हातमा साबुन दल्न र मिच्नका लागि हो ।’

‘यो समय साबुन र भाइरसको झिल्लीबीच रसायनियक अन्तरक्रिया हुने पर्याप्त समय समेत हो’, गिलभर्टले भनेका छन्, ‘तातो पानीले यो प्रकियालाई केही छिटो बनाइदिन्छ ।’

ब्रिटेनको यूनिभर्सिटी अफ केन्टकका प्राध्यापक मार्टिन मिकएलिसले पानी एक्लैले भने भाइरसलाई निस्तेज पार्न नसक्ने बताउँछन् ।

‘खाना पकाउँदा जसरी हातमा तेल लागेमा पानीले मात्र धुँदा जाँदैन र साबुन लगाउनुपर्छ, कोरोनाभाइरसको हकमा समेत त्यस्तै हो’, मिकएलिसले भने ।

स्यानिटाइजरहरूको व्यापक प्रयोगले हात धुने कामको प्रभावकारिता भने केही छायामा परेको छ ।
गिलबर्टले भने, ‘तपाईँ दिनभर घरमै हुनुहुन्छ र आसपासमा मानिसहरूको आउजाउ छैन भने चर्पी गएपछि वा खान पकाउनुअघि बाहेक अन्य समयमा हात धोइरहनु आवश्यक पर्दैन ।’

स्यानिटाइजरको आवश्यकता साबुनपानी उपलब्ध नहुने ठाउँका लागि मात्र हो ।

निश्चित समयको फरकमा हात धुनेभन्दा पनि अवस्था हेरेर हात धुने अन्तराल निर्धारण गर्नुपर्छ ।
कोरोनाभाइरसको रसायनिक संरचनालाई विथोल्न सस्ता साबुन र तातो पानीले जस्तो अरू केही कुराले सक्दैन ।

साबुनको तुलनामा ह्याण्डवासहरू सजिलो र कम झण्झटिलो हुने भन्दै मानिसहरूको आकर्षण त्यसतर्फ हुने गरेको छ । त्यो सही नभएको प्राध्यापक मिकएलिस बताएका छन् ।

‘त्यस्ता एन्टीभाइरल ह्याण्डवासको धेरै प्रयोगले हामीमा भविष्यमा समस्या समेत देखिने जोखिम हुन्छ’, प्रध्यापक मिकएलिसले भने ।

गिलभर्ट र मिकएलिस दुवैले कोरोनाभाइरससँग जुझ्नका लागि हात धुन चाहिने पानी पिउने गुणस्तरकै हुनुपर्छ भन्ने नरहेकोमा एकमत छन् । बीबीसी

Published : Saturday, 2020 September 5, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया