३८औँ वीपी स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसले वीपी कोइरालाको ३८औँ स्मृति दिवस वृक्षारोपण गरेर देशभरि मनाउँदै छ ।

कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवसका दिन साउन ६ गते कांग्रेस र उसका भ्रातृ संस्थाहरूले विभिन्न रचनात्मक कार्यक्रमहरू गरेर मनाउँदै आएको छ ।

कांग्रेसका साथै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघसहितका भ्रातृ संस्थाले विभिन्न कार्यक्रमहरू गर्दै छन् ।

नेपाल तरुण दलले काठमाडौंमा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै छ ।

Published : Tuesday, 2020 July 21, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया