कांग्रेस नेता भण्डारीद्वारा पाँच जना गुमाएको थापा परिवारलाई आर्थिक सहयोग

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ जिल्लाको ऋषिङका पहिरोपीडित अम्बरबहादुर थापालाई सहयोग गरेका छन् ।

कांग्रेसको तरुण विभागका संयोजक समेत रहेका भण्डारीले गैर आवसीय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थबाट प्राप्त ५० हजार रुपियाँ पहिरो पीडितलाई हस्तान्तरण गरेका हुन् ।

पीडितलाई रेडक्रस सोसाइटी कोटदरबाट प्राप्त ७२ हजार ६ सय ५ रुपियाँ, ऋषिङ– ६ का ल्यापटने परिवारबाट प्राप्त २० हजार ५ सय रुपियाँ, शिक्षक संघबाट प्राप्त ७ हजार रुपियाँ, सोम रानाबाट प्राप्त २० हजार रुपियाँ, नेपाली कांग्रेस ऋषिङबाट प्राप्त २१ हजार ५ सय र शहीद सरस्वतीकृष्ण श्रेष्ठको परिवारबाट प्राप्त २० हजार रुपियाँ समेत हस्तान्तरण गरिएको छ ।

गतहप्ता ऋषिङ—८ भैसीकिलीमा पहिरो जाँदा अम्बरबहादुर थापाको परिवारका ५ जनाको ज्यान गएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठपनि सहभागी थिए ।

Published : Sunday, 2020 July 19, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया