पोखराका युवाहरूद्वारा क्वारेन्टिनलाई टेलिभिजन प्रदान

पोखरा । पोखराका युवा समाजसेवीहरूले मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयमा रहेको क्वारेन्टिानका लागि आवश्यक सामग्रीहरू विभिन्न सामग्रीहरू सहयोग गरेका छन् ।

शुक्रबार क्वारेन्टिनमा बस्नेहरूका लागि समय बिताउन र मनोरञ्जनका लागि विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोपराईटर विद्या अधिकारी, गण्डकी अस्पतालका मुटुरोग विशेषज्ञ डा.आशिष त्रिपाठी, समाजसेवी मणि रेग्मी र पत्रकार अपील त्रिपाठीको समूहले क्वारेन्टिनका लागि एक थान ३२ ईञ्चको टेलिभिजन, एक थान ईमर्जेन्सी लाईट, ४ सय थान पञ्जा, मास्क, १० थान सेनिटाईजर, एक थान तन्ना र पिउनका लागि पानी लगायतका सामग्री पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष धनबहादुर नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष नेपालीले विषम् परिस्थितिमा गरिएको सहयोगले समाजमा मात्र नभई देशमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले सहयोगी मन र हातहरूलाई धन्यवाद समेत दिएका छन् ।

समाजसेवी विद्या अधिारीले आफूहरूले उपलब्ध गराइएको सामग्रीले क्वारेन्टिनमा बस्ने सबैलाई आत्मविश्वास बढाउन र मानसिक तनावमुक्त हुन सहयोग पुग्ने बताइन् ।

उनले आगामी दिनमा पनि आवश्यकता हेरेर अन्य क्षेत्रलाई पनि सहयोग गर्न सकिने बताएकी छिन् ।

डा.आशिष त्रिपाठीले क्वारेन्टिनमा बस्नेहरूले टेलिभिजनका माध्यमबाट धेरै ज्ञान हासिल गर्न सक्ने बताए । उनले यसबाट समयको सदुपयोग राम्रोसंग गर्न सकिने समेत उल्लेख गरेका छन् ।

Published : Saturday, 2020 June 6, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया