गोदावरीमा आगो नियन्त्रण गर्ने क्रममा २ जनाको मृत्यु, कांग्रेस नेता राणा मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य उदयशम्शेर राणाले गोदावरीको जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा २ जनाको मृत्युको घटनाबाट निकै मर्माहत भएको जनाएका छन् ।

मंगलबार साँझ प्रेस नोट जारी गरेर सांसद राणाले भने, ‘मेरो निर्वाचन क्षेत्र गोदावरी नगरपालिकाको वन क्षेत्रमा नियन्त्रणबाहिर गएको डढेलो निभाउने क्रममा वडा नं. ४ का शंकर पहरी र रमेश पहरीजीको मृत्युको खबर सुन्दा निकै दुखि छु ।’

‘उहाँहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु’, सांसद राणाले भने, ‘घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना ।’

कांग्रेसका नेता राणाले ‘डढेलो नियन्त्रणमा अहोरात्र खटिरहनुभएका सुरक्षाकर्मी साथीहरू, स्थानीयवासी, नगर प्रहरी सबैप्रति नमन गर्दछु ।’

‘प्राकृतिक विपत्तिका यस्ता घटनाबाट जोगिन म सम्पूर्णमा हार्दिक अपील गर्दछु’, उनले भने ।

‘साथै स्थानीय तहसहित सरकारका सबै निकायलाई आपतकालीन घटनाबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका लागि गम्भीर ध्यानाकर्षण गराउँछु’, सांसद राणाले भनेका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो ।

Published : Wednesday, 2024 May 1, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया