इलाममा गणितीय रुपमा चुनाव हारे पनि सैद्धान्तिक रुपमा कांग्रेसको जित : खतिवडा
खिजीदेम्बा । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले इलाममा कांग्रेसले गणितीय रुपमा चुनाव हारे पनि सैद्धान्तिक रुपमा कांग्रेसको जित भएको बताएका छन् ।
बुधबार ओखलढङ्गामा नेपाली कांग्रेस खिजीदेम्बा गाउँपालिका कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममालाई सम्बोधन गर्दै खतिवडाले गणितीय मत जुनसुकै बेला पनि परिवर्तन हुने बताए ।
उनले अहिलेको गठबन्धन सरकार कांग्रेसकै सिद्धान्तलाई मानेर जनताको मतबाट सत्तमा पुग्नु पर्छ भनेर चुनावी पद्धतिमा आउनु नै नेपाली कांग्रेसको सैद्धान्तिक जित रहेको बताए ।
त्यसैले इलाम र बझाङमको उपचुनावको परिणामले आत्तिनु पर्ने त्यस्तो केही नरहेको बताएका छन् । कांग्रेस एकआर्कामा मिलेर संगठनलाई बलियो बनाउनेतिर जानुपर्ने उनले बताएका छन् ।
कांग्रेसले इलाम र बझाङमा आफ्नो मतलाई संरक्षण गरेको खतिवडाले बताए । उनले बझाङ र इलाममा कांग्रेसले गठबनधनका कारण मत बढाएको भए पनि आफ्नो मतलाई बचाउन सफल भएको बताए ।
नेता खतिवडाले नेपाली राजनीतिले स्थिरताको बाटो कहिल्यै नरोजेको बताए । अहिले साना साना पार्टीले च्याखेदाउँ खाने, ढाल्ने र गठन गर्ने कुरामा मात्र सीमित भएको खतिवडाले बताए ।
नेता खतिवडाले कांग्रेसले सबै जात, धर्म र वर्गको नेपाल बनाउन चाहेको समेत बताएका छन् ।
कार्यक्रममा केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सुरेश आचर्य, ओखलढुङ्गा कांग्रेसका सभापति तेजेन्द्र खनाल, सचिवद्वय अजय लुइँटेल र राजकुमार ढुङ्गाना, महाधिवेशन प्रतिनिध बेदबहादुर रोक्का, हरि दाहाल, जिल्ला सदस्यहरू सुशीला तमाङ, टंक सुनुवार र प्रकाश दाहाल, तरुण दलका केन्द्रीय सदस्य गोविन्द पौडेल, नेविसंघका केन्द्रीय सदस्य रोशन महतरा लगायात नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया