गण्डकी कांग्रेसले ५ करोडमा आफ्नै भवन बनाउने, समिति गठन

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले वीपी स्मृति भवन निर्माण समिति गठन भएको छ ।

वीपी स्मृति भवन, गण्डकी प्रदेश पोखरा- १९ लमाचौर, कास्कीमा निर्माणको लागि बुधबार नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ ।

समितिको उपसंयोजकमा रामकृष्ण मल्ल (पर्वत) रहेका छन् । सचिवमा सुरेन्द्रमान विजुक्छे (पोखरा) र सहसचिवमा खिमलाल वास्तोला रहेका छन् ।

सदस्यहरू योगेश गौचन थकाली (मुस्ताङ), भेषबहादुर पौडेल (लमजुङ), प्रकाश बराल (कास्की), अशोक श्रेष्ठ (तनहुँ), सरस्वती गुरुङ (कास्की), भागवतप्रकाश मल्ल (स्याङ्जा), पुष्पेन्द्र पाण्डे (वडा अध्यक्ष, पोखरा १९) रहेका छन् ।

अमृतप्रसाद तिमिल्सिना (वडाअध्यक्ष, पोखरा १६), मोतीप्रसाद तिमिल्सिना (वडा अध्यक्ष, पोखरा २५), मिलन केसी (पोखरा १९), विष्णुप्रसाद बास्तोला, हरिदत्त पौडेल (तनहुँ), देवकुमार श्रेष्ठ (तनहुँ) पनि सदस्य रहेका छन् ।

अर्जुन शेरचन (बागलुङ), अमृत भट्टचन (नवलपुर), सूर्य गुरुङ (नवलपुर), राम जोशी (गोरखा), प्रकाश तिवारी (स्याङ्जा), हरिकुमार श्रेष्ठ (म्याग्दी), केवी भण्डारी (म्याग्दी), विश्वप्रकाश प्रसाईं (पर्वत), बामे गुरुङ (मनाङ), कर्मबहादुर गुरुङ (मनाङ्ग), कृष्ण कोइराला (कास्की), गणेशबहादुर भट्टराई (कास्की), किरण केसी (कास्की) सदस्य छन् ।

लीलकाजी गुरुङ्ग (कास्की), भीमबहादुर गुरुङ (पर्वत), शकुन्तला शर्मा (बागलुङ), मिलन थापा (कास्की) र छत्रधर आत्रेय (कास्की)लाई पनि सदस्यमा मनोनयन गरिएको छ ।

समितिको सल्लाहकारमा सुरेन्द्रराज पाण्डे, बाबुराम आचार्य, मदनबहादुर केसी, चन्द्रकृष्ण कर्माचार्य, ओमबहादुर थापा, नवराज बजगाईं रहेका छन् ।

समितिको प्राविधिक समितिको संयोजकमा ई. सुरेन्द्र पाण्डे छन् । सदस्यमा ई. सुरेन्द्र पौडेल, ई. शिवहरि आचार्य, ई. विजेन्द्र केसी र ई. शिरस बाँस्तोला रहेका छन् ।

गण्डकी प्रदेश कांग्रेसका सभापति शुक्रराज शर्माले पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको आफ्नै जमीनमा रहेको वीपी स्मृति भवन, गण्डकी प्रदेश निर्माण कार्य छिट्टै शुरु गरिने बताएका छन् ।

पार्टी कार्यालयलाई करिब ३ रोपनीभन्दा धेरै जमीन सहयोगीहरूबाट प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नं. १९ मा रहेको नेपाली कांग्रेस वडा कार्यालयको भवनसहित करिब ३ रोपनी जमीनमा वडा कार्यसमितिको कार्यालय पनि रहने गरी प्रदेश भवन बनाउने सभापति शर्माले बताए ।

भवन बनाउन प्राविधिक इस्टिमेटअनुसार करिब ५ करोडको लागत लाग्ने प्रारम्भीक अनुमान गरिएको छ ।

Published : Wednesday, 2024 May 1, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया