पुतलीसडकमा पिकअप र मोटरसाइकल ठोक्किदा २३ वर्षीय युवकको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदा २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ ।

मंगलबार राति काठमाडौं महानगरपालिका–२८ पुतली सडकमा बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र ०२–०२७ प ८२८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–१२ बस्ने देउलाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका देउलाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल र पिकअप गाडी तिब्र गतिमा भएका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान छ ।

Published : Wednesday, 2024 May 1, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया