भारतद्वारा इण्डोनेसियाबाट नेपाली विद्यार्थीको उद्धार

काठमाडौं । लकडाउनका कारण समस्यामा परेकी नेपाली विद्यार्थी सेविका ढकाललाई भारतले ईण्डोनेसियाबाट उद्धार गरेको छ ।

महाऋषि मार्काण्डेय युनिभर्सिटीमा बीबीएमा अध्ययनरत ढकाललाई भारतले ईण्डोनेसियाबाट आफ्नो विमानबाट भारत ल्याएको हो ।

ईण्डोनेसियामा लकडाउनका कारण समस्यामा परेपछि ढकालले नेपालको राजदूतावासमार्फत सहयोगका लागि भारतसँग आग्रह गरेकी थिइन् ।

Published : Monday, 2020 May 25, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया