पूर्णिका शाहले भनिन्, ‘भारतले नाकाबन्दी लगाउन सक्छ, मिलेर सामना गरौँ’

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहले नेपालको नयाँ नक्सालाई अभिनेत्री मनीषा कोइरालाको समर्थन आएसंगै भारतमा नेपालीलाई अपमान गर्ने नयाँ तरंग शुरू भएको भन्दै चिन्ता जनाएकी छिन् ।

फेसबुक पेजमार्फत पूर्णिकाले यसबाट भारतमा रोजगारमा रहेका नेपालीहरूपनि प्रभावित हुन सक्ने बताएकी छिन् ।

चीनसंग मिलेर नेपालले भारतविरुद्ध निउँ खोजेको भन्दै भारतले आपत्ति जनाई सकेको उनले बताएकी छिन् । ‘लिपुलेक समेटिएको देशको पूर्ण नक्सा अहिले सरकारले प्रकाशन गरेको छ’, उनले भनेकी छिन्, ‘अब गर्नुपर्ने काम अझ धेरै छन् ।’

‘राजनैतिक पदमा हुने खर्च कटाई प्रविधी विकासमा लगानी गर्ने’, उनले भनेकी छिन्, ‘कुनै पनि बेला नाकाबन्दी हुन सक्छ ।’

‘अनावश्यक फेशनेबल सामग्री र विदेशीवस्तुप्रतिको मोह घटाई देशमा आवश्यक खाद्यान्न, औषधि, मेडिकल सामानसहित प्राविधिक वस्तुहरू देशभित्रै उत्पादन गर्ने र यसैमा रोजगारको अवसर सृजना गर्ने’, पूर्णिकाले भनेकी छिन् ।

‘मुस्ताङ्ग क्षेत्रमा रहेको भनिएको महंगो धातु युरेनियम उत्खनन गरि बिक्री गर्न र देशभित्रै आणविक उर्जाको उपयोग गर्न जापान, रुस, अष्ट्रेलिया आदि विश्वसनीय देशसंग सम्भाव्यता अध्ययन गर्ने’, उनले भनेकी छिन् ।

‘पेट्रोलियम लगाएत सम्भावित खनिज उत्खनन् गर्न थप अध्ययन गर्ने’, पूर्णिकाले भनेकी छिन्, ‘कृषि उत्पादन, खाद्यान्न, दुग्ध पदार्थमा आत्मनिर्भर बन्ने ।’

‘अहिले जनस्तरमै शुरू भएका प्रविधी विकास र भएका रोबोटिक प्रविधिहरूलाई अझ प्रभावकारी बनाउन यस क्षेत्रमा उदाएका प्रतिभाहरू र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई समन्वय गर्ने र सामरिक सामग्रीको उत्पादन शुरू गरि भारतको हेपाहा प्रवृतिविरुद्ध कडा रुपमा प्रस्तुत हुने’, पूर्णिकाले भनेकी छिन् ।

‘यसमा अझै पनि एकताबद्ध जनदबाब आवश्यक भैरहन्छ, सम्पुर्ण नागरिकहरू आ–आफ्नो क्षेत्रबाट लागिरहौं’, उनले अपील गरेकी छिन् ।

Published : Thursday, 2020 May 21, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया