लिपुलेकमा झण्डा गाड्न हिँडेका ८ जना पक्राउ

प्रकाशचन्द्र भट्ट

दार्चुला । दार्चुला जिल्लाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दीपक साउँद र जनकसिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लिङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको व्यक्तिगत सुरक्षाको अवस्थालाई ध्यान दिँदै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । उनले सबैलाई सदरमुकाम ल्याइरहेको बताए ।

‘देशमा अहिले लकडाउनको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ’, उनले भने, ‘लकडाउनको उलंघन गर्दै उनीहरू एउटा गाउँपालिकाबाट लुकीछिपी अर्को गाउँपालिपालिका प्रवेश गरेका थिए । जसले गर्दा कोरोनाको खतरा समेत बढ्यो ।’

नायब उपरीक्षक विष्टले भने, ‘स्थानीयहरूले समेत उनीहरूलाई प्रवेशमा बाधा पुगाएको हुँदा सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो ।’

उनीहरू नेपाली झण्डा लिएर कालापानी लिपुलेकतिर लागेका थिए ।

Published : Thursday, 2020 May 21, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया