नेपालको नयाँ नक्सा स्वीकार नगर्ने भारतको प्रतिक्रिया

काठमाडौं । भारतले नेपालले जारी गरेको लिपुलेकसहित जारी गरेको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ ।

भारतले नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको आरोप लगाएको छ ।

नेपालले आफ्नो सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले जारी गरेको बुधबार विज्ञप्ति जारी गरेर ती क्षेत्रहरू भारतीय भू–भाग भएको दाबी गरेका छन् ।

‘नेपाल सरकारले बुधबार नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’

नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने जनाउँदै आएको छ ।

Published : Wednesday, 2020 May 20, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया