शुक्रबार साँझ दाङका तीन संक्रमितसहित ९ जनामा कोरोना पुष्टि

काठमाडौं । शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण नेपालमा ९ जना थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वीरगञ्ज निवासी ९ र दश वर्षीया बालक तथा २३ र ४७ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालि निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

दाङ जिल्लाको गढवा गाउँपालिका ४, ५ र तुलसीपुर ७ निवास २३, ३६ र ३४ वर्षीय पुरुपामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

काठमाडौंको सतुङल निवासी ७ वर्षीय बालकमा पनि कोरोना भाइरसको संक्रमणको पुष्टि भएको डा.अधिकारीले बताए ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका सबै ९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरू सबै स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेका छन् ।

Published : Friday, 2020 May 15, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया