कोरोना लागेकाहरू अपस्तालबाट भागे सुरक्षाकर्मीले गोली हान्ने

वीरगञ्ज । पर्सा जिल्लामा कोरोना भाइरसका संक्रमित भागेपछि सुरक्षाकर्मीले गोली हान्न पाउने अधिकार पाएको छ ।

वीरगञ्जमा बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो ।

पर्साकी एसपी गंगा पन्तले कोरोना भाइरसका संक्रमित भाग्न थालेपछि सुरक्षाकर्मीलाई गोली हान्नेसम्मको अधिकार दिइएको बताइन् ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।

सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको छ ।

नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 May 15, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया