तराईमा चिनियाँ राष्ट्रपतिको पुत्ला जल्यो

बर्दिवास । महोत्तरी जिल्लामा चिनियाँ राष्ट्रपति सी जिङ फिङको पुत्ला जलाइएको छ ।

बर्दिवासका केही स्थानीय युवाहरूले चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

नेपाल प्रहरीमाथि चिनियाँ नागरिकहरूले गरेको आक्रमण र चिनियाँ मिडियाले सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै भ्रम फैलाएको भन्दै पुत्ला जलाइएको हो ।

सर्लाही जिल्लाको लालबन्दीमा पनि स्थानीय युवाहरूले चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका छन् ।

बर्दिवासमा गौतम पाण्डको नेतृत्वमा युवाहरूले चिनियाँ राष्ट्रपतिको पुतला जलाएका हुन् ।

चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो ।

माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ । काठमाडौंमा चिनियाँ नागरिकहरूले आक्रमण गर्नु गम्भीर रहेको भन्दै स्थानीय युवाहरूले आक्रोश पोखेका छन् ।

Published : Friday, 2020 May 15, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया