सरकारी कार्यालयहरू १५ दिन बन्द गर्न गृहलाई सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाभित्र १५ दिनसम्म सरकारी कार्यालयहरू बन्द गृह मन्त्रालयसँग अनुरोध गरिएको छ ।

शुक्रबार काठमाडौंमा बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावसेक कार्यालयबाहेक सबै कार्यालयहरू १५ दिन बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिइएको हो ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड खारेज गर्न सुझाव दिएका छन् ।

गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूको सुझाव कोरोना रोकथाम उच्चस्तरीय समितिमा पठाइनेछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अत्यावश्यक बाहेकका सरकारी कार्यालयको हकमा पनि लकडाउनलाई कडाइ गर्नुपर्ने बताएका छन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले लकडाउनलाई कडाइ गरिएको भन्दै त्यसैगरी काम गर्नुपर्ने बताइन् ।

शुक्रबार बिहान थप ९ जना थपिएपछि नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या २ सय ५८ पुगेको छ ।

संक्रमित थपिँदै गएपछि सबै सवारी पास रद्द गर्नेलगायतका निर्णयहरू भएका छन् ।

सरकारले कोरोना भाइरसंको संक्रमणलाई रोक्न लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

Published : Friday, 2020 May 15, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया