काठमाडौंमा ७ वर्षका बालकमा कोरोना, बिहीबार राति तीन जनामा पुष्टि

काठमाडौं । बिहीबार साँझ साढे आठ बजेसम्म तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौं, धनुषा र धादिङमा एक–एक जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

काठमडौंको दहचोक निवास ७ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धनुषा जिल्लाको जनकपुरका १७ वर्षीया महिला र धादिङ जिल्ला निवासी ३० वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए ।

डा.अधिकारीका अनुसार हालसम्म तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

Published : Thursday, 2020 May 14, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया