बिहीबार बिहान छ वर्षीया बालिकामा कोरोना पुष्टि, काठमाडौंमा भेटिए अर्को संक्रमित

काठमाडौं । काठमाडौं र कपिलवस्तुमा बिहीबार बिहानै दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

काठमाडौंको चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कपिलवस्तु जिल्ला निवास ६ वर्षीया बालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार बिहान कोरोना संक्रमण भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

Published : Thursday, 2020 May 14, 7:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया