बुधबार साँझ २४ जनामा कोरोना पुष्टि, नेपालमा २४३ पुग्यो संख्या

काठमाडौं । रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा बुधबार साँझ जारी प्रेस विज्ञप्तिअनुसार चार जिल्लामा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २४३ पुगेको छ ।

रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुषहरूमा कोरोना पुष्टि भएको छ । त्यसैगरी रुपन्देहीमा ४, १० र २८ वर्षीया महिलाहरूमा पनि कोरोना पुष्टि भएको छ ।

कपिलवस्तु जिल्लामा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षीय पुरुषहरूमा कोरोना पुष्टि भएको छ ।

पर्सा जिल्लामा ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

नवलपरासी जिल्लामा ३६ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा जनाइएको छ । उनीहरू सबै स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेका छन् ।

Published : Wednesday, 2020 May 13, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया