भारतविरुद्ध पर्वतमा नेविसंघको प्रदर्शन, प्रहरीद्वारा दमन

कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा नेपाल विद्यार्थी संघ (नेविसंघ) भारतको अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरूले बुधबार कुश्मामा भारत र कमयुनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

कम्युनिस्ट सरकारको तर्फबाट भारतबाट अतिक्रमण भएको नेपाली भू–भाग फिर्ता गराउन तत्काल कुटनैतिक पहल गरि समस्याको समाधान गर्न दबाव स्वरुप नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।

भारतीय बिस्तारवाद–मुर्दाबाद, हाम्रो देश-हाम्रो, माटो प्राणभन्दा–प्यारो छ जस्ता नारावाजी गर्दै नेविसंघले प्रदर्शन र धर्ना दिएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले नेविसंघको प्रदर्शनमा हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेप र दमनको नेविसंघ पर्वतले भर्त्सना गरेको छ ।

Published : Wednesday, 2020 May 13, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया