कालापानीबारे ओलीको अभिव्यक्तिप्रति कांग्रेसले माग्यो जवाफ

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सभाकी सचेतक अनिता देवकोटाले नेपालको भू–भाग कालापानीमा भारतले अतिक्रमण गरेर सडक खोलेको प्रधानमन्त्रीले जानकारी पाइन् भन्नु अत्यन्तै गैर जिम्मेवार अभिव्यक्ति भएको बताएकी छिन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद देवकोटाले ओलीले कालापानीमा भू–भागमा सडक ट्रयाक खोलेको प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कसैले पनि नभनेको हो भने गम्भीर विषय भएको बताइन् । उनले सो विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरेकी छिन् ।

‘कालापानी भू–भागमा सडक ट्रयाक खोलेको आफूलाई कसैले नभनेको साँचो हो भने अत्यन्तै आपत्तिजनक अभिव्यक्ति हो’, देवकोटाले भनिन्, ‘यस विषयमा सरकारको धारणा सदनलाई स्पष्ट गराउन माग गर्दछु ।’

कांग्रेस सचेतक देवकोटाले चितवनमा कोरोना उपचारका लागि खोलिएको अस्पतालमा चोरीका घटना र अन्य अनियमितता भएको बारे समाचार आएको भन्दै छानविनको माग गरेकी छिन् ।

‘सत्यतथ्य के हो ? स्वास्थ्य मन्त्रालय लगायत सरकारको धारणा के छ ?’, उनले भनिन्, ‘स्पष्ट गराउन माग । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढेको छ ।’

कांग्रेस सांसद देवकोटाले सबै सावधानी र तयार अविलम्ब अबलम्बन गरेर कोरोना भाइरसको संक्रमण रोक्न माग गरेकी छिन् ।

Published : Wednesday, 2020 May 13, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया