लकडाउनका बेला नेपाललाई झट्का लाग्ने गरि सगरमाथामा हर्कत देखाउँदै चीन

काठमाडौं । चीनले सगरमाथाको चुचुरोमा पुग्न तिब्बततर्फबाट बाटो बनाइरहेको खुलासा भएको छ ।

चीनले सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाउने मिसनलाई गति दिँदै निर्माण सामग्री समेत लगिरेहेको छ चाइना डेलीले जनाएको छ ।

चिनियाँ पत्रिका चाइना डेलीको अनलाइन संस्करणले मे ११ मा ‘बाटो निर्माण टोलीले आज काम गर्ने’ भन्दै तस्बिरसहित समाचार प्रकाशित गरेको छ ।
मौसमले साथ दिएमा काम थाल्ने उसले उल्लेख गरेको छ ।

मे ११ तारिख आइतबारका दिन ६५०० मिटर उचाइँबाट बाटो निर्माण र सामान ढुवानीको टोली ७०२८ मिटरमा अवस्थित क्याम्पमा पुगेको उल्लेख छ ।

१२ जनाको टोली ७०२८ मिटरबाट अगाडि बढ्ने चाइना डेलीले जनाएको छ । चीनले ३० अप्रिलबाट सगरमाथाको उचाइँ नाप्न नयाँ चरणको कामा शुरु गरेको थियो ।

चीनले सगरमाथालाई चोमोलोङमा भन्ने गरेको छ । यसअघि सन् १९७५ मा नाप्दा सगरमाथाको उचाई ८८८४.१३ मिटर निस्किएको थियो ।

सन् २००५ मा नाप्दा ८८४४.४३ मिटर निस्कएको थियो । तर, विश्वले चीनको सगरमाथा नापेर निस्किएको नापलाई मान्यता दिएको छैन ।

केही दिनअघि मात्रै चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबलले ट्वीटर पेजमा सगरमाथाको तस्बिरसहित सगरमाथा चीनमा पर्छ भनेर प्रचार गरेको थियो ।

पछि चौतर्फी बिरोध भएपछि सच्याएर ‘चीन(नेपालमा सीमा’मा पर्छ भनी उल्लेख गरेको छ ।

सगरमाथाको तस्बिरहरू राखेर चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेपछि सर्वत्र आलोचना भएको थियो ।

Published : Wednesday, 2020 May 13, 3:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया