कोरोना संक्रमणका बेला कम्युनिस्ट सरकारले हतियार किन्ने

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमणसँग लड्ने बेला हतियार खरिद गर्ने निर्णय गरेको छ ।

लकडाउनलाई सफल बनाउन फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरहरू छैन । तर, सरकारले ती विषयलाई बेवास्ता गर्दै हतियार खरिद गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भीड नियन्त्रणका सामग्री खरिद गर्न लागेको छ ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि प्रहरी प्रधान कार्यालयले हतियार खरिद प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले वाटर क्यानन, नौ एमएमको पेस्तोल र सटगन खरिदको तयारी गरेको छ ।

वाटर क्यानन किन्न लागेको प्रहरीले अश्रुग्यास र रबरका गोलीसमेत प्रहार गर्ने सटगन किन्ने तयारी गरेको छ ।

नौ एमएमको पेस्तोलसमेत खरिद गर्ने गरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयले लागत मूल्यांकन गरिरहेको छ ।

व्यापारीहरूलाई ठेक्का र कमिसन दिलाउन अहिले खरिद प्रक्रिया अघि बढाइएको नयाँ पत्रिका दैनिकले खुलासा गरेकाे छ ।

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा पाँचवटा वाटर क्यानन खरिद भएको थियो । त्यस बेला अनियमितता भएको भन्दै अख्तियारले फाइल छानविन गरिरहेको छ ।

Published : Saturday, 2020 May 2, 6:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया