मानेभञ्ज्याङ ६ का वडाध्यक्षद्वारा निजी खर्चमा मास्क वितरण

ओखलढुंगा । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमराज राईले आफ्नो निजी खर्चमा एक हजार मास्क वितरण गरेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका वडाध्यक्ष राईले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आफ्ना वडाबासीलाई एक हजार थान मास्क वितरण गरेका हुन् । उनले आफ्नो मासिक तलबबाट १ हजार थान खरिद गरेर वितरण गरेका छन् ।

वडाध्यक्ष राईले मास्क वितरण कार्यक्रममा वडाध्यक्षको जिम्मेवारीअनुसार वडाका सम्पूर्ण नगरिकको स्वस्थ सुरक्षा आफ्नो जिम्मेवारीमा पर्ने बताएका छन् ।

मास्क स्वास्थ्य चौकीलाई पनि उपलब्ध गराएका वडाध्यक्ष राईले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरसफाइ र सामाजिक दुरीमा रहन अपील गरेका छन् ।

Published : Friday, 2020 May 1, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया