भरतपुरमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

भरतपुर । चितवनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

उनको मंगलबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले बताएका छन् ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षका युवकको मृत्यु भएको हो ।

उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विषेश अस्पतालमा पठाइएको थियो ।

ती युवककाे के कारणले मृत्यु भएकाे हाे केही भनिएकाे छैन ।

Published : Tuesday, 2020 March 24, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया