नेपाल–भारत सीमा व्यवस्थापन गर्न गृहमन्त्री र भारतीय राजदूतवीच वार्ता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा आइतबार भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको गृहमन्त्री थापाको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेकोमा राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले क्वात्राको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाइँ लिने विश्वास व्यक्तगरे ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरेका छन् ।

भेटमा थापाले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरूबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

यसै सन्दर्भमा नेपाल–भारतसिमाबाट सो महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरेका छन् ।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्तगरेको प्रेस नोटमा उल्लेख छ ।

राजदूत क्वात्राले कोरोना भाइरसविरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

कोरोनाको क्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भईसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरू तयार रहेको बताए ।

Published : Sunday, 2020 March 22, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया