तरुण उपाध्यक्षद्वारा सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य बन्द गर्न अपील

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कोरोना भाइरसको संक्रमणका विषयमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउन कार्य नगर्न अपील गरेका छन् ।

उनले सिङ्गो देश एकजुट भएर कोरोना भाइरस संक्रमणको सामना गर्ने बेला सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

आइतबार उपाध्यक्ष चापागाइँले फेसबुक, ट्वीटर, मेसेञ्जर, म्यासेज जस्ता सामाग्री चलाउनेहरूलाई गलत कुराको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘कोरोना भाइरस संक्रमणको महामारीको समयमा हल्ला भ्रम आतंक फैलने खालका कुनै पनि गतिविधि नगरौँ’, उनले भने, ‘यस्ता गतिविधिमा रोक्नुपर्छ । भ्रम फैलाउने होइन । सकारात्मक कुराहरू मात्रै राखौँ ।’

नेपाल–भारत सिमानामा कडा चेकजाँच गर्न माग गर्दै उनले कर्मकाण्डीय हैन कार्य नगर्न सुझाव दिएका छन् । उनले स्वस्थ्यकर्मीहरूलाई विशेष स्वास्थ्य उपकरण उपलब्ध गराई आगन्तुकको जाँच पश्चात मात्र प्रवेश अनुमति दिनुपर्ने बताएका छन् ।

‘यस्तो अवस्थामा हुन जाने ढिलासुस्ती असुविधाप्रति आक्रोशित नैराश्यताको वातावरण बन्न नदिन सबै नागरिक समाज बुद्धिजीवी राजनैतिक दल, भ्रातृ संस्था, शुभेच्छुक संस्था लगायत हाम्रा सबै तहका तरुण साथीहरूलाई आग्रह गर्दछु ।’

सरकारले लिएको कदमको प्रशंसा गर्दै उपाध्यक्ष चापागाइँले जनतालाई पनि साथ दिन आग्रह गरे । उनले भारतसँगको सिमानामा केही फितलो अवस्था रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

Published : Sunday, 2020 March 22, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया