भक्तपुर तरुणद्वारा निःशुल्क मास्क र स्यानिटाइजर वितरण

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जागरण अभियान चलाएको छ ।

तरुण दलको मध्यपुर थिमी नगर कार्यसमिति भक्तपुरको आयोजनामा शुक्रबार जनचेतना फैलाउनुका साथै निःशुल्क रुपमा सर्वसाधारणहरूलाई मास्क वितरण गरेको हो ।

विश्वभरि माहमारी रुपले फैलिएको कोरना भाइरसको संक्रमणबाट जनचेतना कार्यक्रममा सहयोगी हातहरू बढाउन मध्यपुर तरुण दलद्वारा मास्क, स्यानिटाइजर र जनचेतनामूलक सामाग्री बितरण गरिएको तरुण दल भक्तपुरका सदस्य राजु पुरीले जानकारी दिए ।

सो कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, मध्यपुर तरुण दलका अध्यक्ष पुरुषोत्तम खड्का, क्षेत्र नम्बर २ का सभापति नारायण खैइमली, नेपाली कांग्रेस मध्यपुर नगरका सभापति सुरेन्द्र श्रेष्ठ लगायत नेपाल तरुण दल भक्तपुर सदस्य तथा संगठन विभाग प्रमुख सुशन प्रजापति, तरुण दल सूर्यबिनायक नगरका अध्यक्ष उमेश अधिकारीलगायत तरुण सदस्यहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 March 20, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया