तिब्बतको भूकम्पले काठमाडौंसम्म धक्का

काठमाडौं । चीनको तिब्बतमा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर १८ मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौंसहितका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पले हल्लाएपछि मानिसहरूले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।

Published : Friday, 2020 March 20, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया