तरुण अध्यक्षद्वारा ऐडीको स्वास्थ्य लाभको कामना, परिवारप्रति समवेदना

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दल बझाङका अध्यक्ष विष्णु ऐडी गम्भीर दुर्घटनामा परेकोमा चिन्ता जनाएका छन् ।

अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमार्फत अध्यक्ष ऐडी र उनका छोराको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष बस्नेतले सोही दुर्घटनामा ज्यान गुमाएकी उनकी पत्नीको आत्माको चीरशान्तिको कामना गगर्दै समवेदना प्रकट गरेका छन् ।

‘यस दुखद् घडीमा परिवारप्रति समबेदना प्रकट गर्दै भगवानले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन् भन्ने कामना गर्दछु’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Thursday, 2020 March 19, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया