गृहमन्त्री चीन उडेकै दिन चिनियाँ नागरिकहरूलाई काठमाडौंमा राहत

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा गएकै दिन काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामानय जरिवाना लिएर छाडिदिएको छ ।

आइतबार उनीहरूलाई एक–एक हजार जरिवाना लिएर थुनामुक्त गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपियाँ जरिवाना हुने फैसला गरेका थिए ।

उनीहरूले एक हजार रूपियाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ ।

उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ ।

Published : Sunday, 2020 January 5, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया