प्रदेश ३ को राजधानीबारेमा नेकपाको हस्तक्षेपको कांग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधानको मर्म र भावना विपरित राजधानीका विषयमा निर्णय गरेकोमा आपत्ति जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार बसेको नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको बैठकले देश राजधानी दुईतिहाई बहुमतबाट निर्णय गर्ने संविधान व्यवस्था हुँदाहुँदै पनि नेकपाले निर्देशन दिनु खेदजनक रहेको जनाएको हो ।

नेपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बानियाँले संविधानले दिएको प्रदेशको अधिकारलाई कुण्ठित गर्न खोजेको भन्दै विरोध जनाए ।

‘प्रदेश सभालाई नै प्रदेशको राजधानी र अन्य निर्णयहरू गर्ने अधिकार संविधानले नै दिएको छ’, उनले भने, ‘प्रदेशको अधिकार र संविधानको मर्म तथा भावना विपरित गरिएको राजधानीबारेको नेकपाको निर्णय आपत्ति जनक छ ।’

‘प्रदेश ३ नेकपाले आफ्नो दललाई निर्णय गर्न दिनु खेदपूर्ण छ’, नेपाली कांग्रेसले भनेको छ, ‘प्रदेशको अधिकार प्रदेशले नै प्रयोग गर्नुपर्छ ।’

नेपाली कांग्रेसले जनताबाट निर्वाचित भएकाले यो विषयमा ह्वीप नलगाई स्वतन्त्र रुपमा आफ्नो मतदान र अभिमत दिन पाउनुपर्ने जनाएको छ ।

नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलले पुस २१ गते साँझ हेटौँडामा पुनः बैठक राखेको छ । ‘तत्कालीन समयमा के कस्तो रणनीतिबाट अगाडि बढ्ने ? पुस २२ गतेको बैठकमा नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलले निर्णय गर्नेछ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी हेटौँडा बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसले आपत्ति जनाएको हो ।

नेपाली कांग्रेसले प्रदेश सभाको आफ्नो आन्तरिक विषयमा नेकपाले बोल्नु उचित नरहेको नेपाली कांग्रेसले जनाएको छ ।

Published : Friday, 2020 January 3, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया