बारा प्रहरीद्वारा खातुन पक्राउ, २८ हजारसहित हेटौँडा चलान

बारा । जिल्ला प्रहरी कार्यालय बाराले २८ हजार घुस दिन खोज्ने ३५ वर्षीया अम्विया खातुनलाई पक्राउ गरेको छ ।

तस्करीका सामाजसहित पक्राउ परेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवास खातुनलाई प्रहरीलाई घुस दिन खोज्दा पक्राउ गरिएको बारा प्रहरीका प्रमुख एवम् एसपी विकासराज खनालले जानकारी दिए ।

शुक्रबार बिहान सवा दश बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित ईलाका प्रहरी कार्यालय जितपुर अगाडि सडक खण्डमा प्रहरी नायव निरीक्षक सागरशम्शेर जवराको कमाण्डको टोलीले खातुनलाई पक्राउ गरेको थियो ।

खातुनसँग भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा कुर्ता सुरुवाल २३ पिस, थानको कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

खातुनले पक्राउ परेको कपडा छोडीदिन भन्दै प्रहरीलाई लोभ प्रलोभनमा पार्ने हिसावले रु २८ घुस दिन खोज्दा पक्राउ परेकी हुन् ।

खातुनलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा पठाइएको छ ।

Published : Friday, 2019 December 27, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया