मेयरको माछा पोखरी कम्युनिस्ट मुख्यमन्त्रीद्वारा उद्घटन

दमक । झापा जिल्लामा प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईले विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको निजी माछा पोखरी उद्घाटन गरेका छन् ।

झापाको विर्तामोडमा बुधबार मेयर शिवाकोटीको निजी लगानी रहेको हेबन वाटर पार्कको मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन् ।

राईले राष्ट्रिय लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीको योगदान हुनुपर्ने बताए ।

मुख्मन्त्री राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको लक्ष्यभन्दा पनि सबैको लक्ष्य मानेर अगाडि बढे राष्ट्रिय संकल्प पूरा हुने बताए ।

राईले प्रदेश १ का १ सय ३७ वटा स्थानीय तहमध्ये विर्तामोड नगरपालिका नमूना नगर रहेकोे बताए ।

विर्तामोड नगरपालिकाका मेयर तथा वाटर हेबन पार्कका सञ्चालक ध्रुवकुमार शिवाकोटीले सकारात्मक भूमिका खेलेको भन्दै मुख्मन्त्री राईले प्रशंसा गरेका छन् ।

बुधबारबाट निक्कै तामझामका साथ औपचारिक रुपमा उद्घाटन भएको पार्कमा ५ दिन फिस फेस्टिफल सञ्चालन हुनेछ ।

फेस्टिफलमा ३५ भन्दा धेरै प्रकारका माछाका परिकार उपलब्ध हुनेछ ।

प्रदेशका मुख्यमन्त्री र मन्त्री तथा प्रदेश सांसदहरूले काम नपाएर बेरोजगार भएको भन्दै आलोचना हुँदै आएरहेका बेला प्रदेश १ का मुख्यमन्त्रीले माछापोखरी उद्घाटन गरेका छन् ।

Published : Friday, 2019 December 27, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया