सौराहामा हात्ति महोत्सव शुरु

सौसाहा । चितवन जिल्लाको सौराहामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको चितवन हात्ती महोत्सवको १६औं संस्करण शुरु भइसकेको छ ।

महोत्सव बिहीबार सौराहामा विधिवत उद्घाटन गरिएको छ । महोत्सवको दोश्रो दिन शुक्रबार हात्तीका छावावीच फुटबल र हात्ती पेन्टिङ प्रतियोगिता हुने महोत्सवका संयोजक राममणि खनालले जानकारी दिए ।

हात्तीका छावावीच हुने पहिलो चरणको फुटबल प्रतियोगितामा चितवन उद्योग संघ र टानवीच दिउँसो प्रतिस्पर्धा हुनेछ । हात्ती पेन्टिङका लागि ५ वटा हात्ती मैदानमा उत्रिएका छन् ।

महोत्सवअन्र्तगतको सांस्कृतिक कार्यक्रममा तुलसा जिसी, उमा खनाल, डीभी लोप्चन र सीता श्रेष्ठ लगायतका कलाकार को विशेष प्रस्तुति रहने संघका कार्यालय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पुस १८ गतेसम्म सौराहामा आयोजना हुने हात्ती महोत्सवले सौराहामा रौनकता थपेको आयोजक संस्था क्षेत्रीय होटल संघ चितवनले जनाएको छ ।
यसपटक राष्ट्रिय महिलावीच भलिबल थप आकर्षणको रुपमा रहेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको पूर्वी प्रवेशद्वारमा सौराहा रहेको छ ।

महोत्सवमा हात्ती फास्ट वाक, हात्तीका छावाहरूबीच फुटवल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको पिकनिक, गाढा, टाँगा र डुंगा दौड लगायतका कार्यक्रम हुनेछन् । प्रत्येक दिन सांस्कृतिक कार्यक्रम हुने महोत्सवका संयोजक खनालले बताए ।

Published : Friday, 2019 December 27, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया