प्रहरीका यी एसएसपी र एसपीहरू घर जाँदै

काठमाडौं । नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ जना सिनियर प्रहरी अधिकृतले शुक्रबारदेखि अवकाश पाउने भएका छन् ।

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) विभूतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले शुक्रबारबाट अवकाश पाउने भएका हुन् ।

अवकाश पाउनेहरूमा प्रहरी उपरीक्षक (एसपी)हरू राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, विद्यानन्द माझी, प्रहरी नायव उपरीक्षक डीएसपीहरू शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसी, रामशंकर कोहार, कृष्णदत्त भट्ट, विनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ र निर्मल लामा रहेका छन् ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरिदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

शुक्रबार अवकाश पाउने ३४ जना अधिकृतहरू ०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।

Published : Friday, 2019 December 27, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया