सडकमा उत्रियो नेविसंघ, भ्रष्ट कम्युनिस्टहरू डराए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग गर्न थालेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रिय सम्पत्ति रक्षाका लागि बाध्य भएर सडकमा उत्रिएको छ ।

कम्युनिस्ट सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक सम्पति स्व.आङछिरिङ शेर्पाको निजी कम्पनी यती ग्रुपलाई दिएको बिरोधमा नेविसंघका विद्यार्थीले मंगलबार सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर सरकारी तथा सार्वजनिक सम्पति नजिकका व्यापारीहरूलाई दिएको भन्दै नेविसंघले विरोध गरेको जनाएको छ ।

स्व.आङछिरिङ शेर्पा र उनको परिवारको संलग्नतामा सञ्चालनमा रहेको यती होल्डिङ्सलाई कौडीको भाउमा सरकारी सम्पत्ति दिएको बिरोधमा विद्यार्थी सडकमा उत्रिएका हुन् ।

विद्यार्थीले मंगलवार गोकर्ण रिसोर्टको गेट अगाडि प्रदर्शन गरेका छन् ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको रिसोर्ट म्याद सकिनु ६ महिना अगाडि नै स्व.शेर्पाको कम्पनीलाई नवीकरण गरेर दिने लगायतका विवादास्पद काम ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेपछि अहिले देशैभर यसको विरोध भइरहेको छ ।

कम्युनिस्ट सरकार भने अनेक वहानावाजी गरिरहेको छ ।

विद्यार्थी नेता दुजाङ शेर्पाको नेतृत्वमा गोकर्णमा एक घण्टा चक्का जाम सहित विरोध कार्यक्रम गरिएको थियो ।

नेविसंघ स्ववियू परिषदको संयोजनमा विरोध प्रदर्शन भएको थियो ।

प्रदर्शनमा विद्यार्थी नेता निरञ्जन नेपाल कान्तिपुर क्याम्पस, थलीका पउल बज्राचार्य लगायतका विद्यार्थी नेताहरू सहभागी थिए ।

Published : Tuesday, 2019 December 24, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया