विद्याको दिन खुल्यो, बामदेव दिक्क

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बन्न गौतमलाई प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ । ओलीको प्रस्तावलाई गौतमले अस्वीकार गरेका छन् ।

विर्नाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटारमा बोलाएर कास्कीबाट उम्मेदवार बन्न आग्रह गरेको जनाइएको छ ।

गौतमले प्रधानमन्त्री ओलीको आग्रहलाई अस्वीकार गर्दै कास्की क्षेत्र नं. २ मा स्व.रविन्द्र अधिकारीकी पत्नी विद्या अधिकारीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गौतमलाई उपनिर्वाचनका क्रममा कास्की क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने कुनैपनि निर्णय नभएको बताए ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

यसअघि नेता गौतमले विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । कास्की क्षेत्र नं. २ बाट पनि उम्मेदवार बन्ने चर्चा थियो । तर, विरोध भएपछि गौतम ब्याक भएका थिए ।

Published : Sunday, 2019 August 4, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया