विमानस्थलमा आयोगका कारण हाजीहरूलाई सहजता प्रदान

काठमाडौं । मुस्लिम आयोगको सुझावमा अध्यागमन विभागले हज गर्न जाने हाजीहरूलाई सहज व्यवस्था गरिदिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको सुझाव र आग्रहमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाजीहरूका लागि अलग काउन्टरसहितको व्यवस्था गरेको हो ।

आयोगका अध्यक्ष अन्सारीले अध्यागमनका प्रमुख देवप्रसाद कँडेललाई भेटेरै हाजीहरूको यात्रालाई सहज बनाउन विशेष आग्रह गरेका थिए ।

अन्सारीको सो आग्रहअनुसार कँडेलले हाजीहरूलाई अलग काउन्टरका साथै सेक्युरिटीदेखि अन्य विविध कार्यमा अध्यागमनले सहजता प्रदान गरेको छ ।

आयोगको आग्रहमा पहिलो पटक हाजीहरूलाई अध्यागमन विभागले विमानस्थलमा सहजता प्रदान गरेको हो ।

आयोगले हाजीहरूलाई त्रिभुवन विमानस्थलमा विभिन्न कामहरू गर्न सहजता होस् भनेर ५–६ जना स्वयं सेवक समेत परिचालन गरेको छ ।

यस पटक हजका लागि नेपालबाट १५ सय हाजी साउदी अरबको मक्कामदिना जाँदै छन् ।

आइतबार बिहानसम्म करीव ६ सय हाजी साउदी गइसकेका छन् । अब करीव ९ सय हाजी साउदी अरब जान बाँकी छन् । बाँकी रहेका हाजीहरू एक हप्ताभित्र साउदी उडिसक्नेछन् ।

Published : Sunday, 2019 July 21, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया