सहकारी ठग र गिरिबन्धु टि इस्टेटका दोषीलाई कारबाही माग गर्दै तरुण–नेविसंघ–महिलाद्वारा राँके जुलुस प्रदर्शन

काठमाडौं । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल महिला संघले सहकारी ठगीका आरोपी गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेको तरुण दलका केन्द्रीय सदस्य अशोक झाले बताएका छन् ।
सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस निकाल्दै गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरिबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका छन् ।
सहकारीको रकम अपचलन र ठगी गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभपाति समेत रहेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विरोध जुलुस निकालेका छन् ।
एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्थामन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरिबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै तरुण दल र नेविसंघले प्रदर्शन गर्दै आएका छन् ।
गिरिबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय रहेको र लोभलालचमा परेर सर्वसाधारणको करोडौँ रकम डुबेको भन्दै तरुण र विद्यार्थीले घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गरेका छन् ।
उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जीवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।
कांग्रेसको भ्रातृ संस्थाहरूले सहकारीको रकम अपचलन र ठगीका आरोपी लामिछाने र गिरिबन्धु टि इस्टेटका काण्डका नाइके केपी ओलीविरुद्ध निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया