तिलोत्तमामा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ ।
सोमबार नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरेका हुन् । एक्कासि आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको खाणले बताए ।
नगरप्रमुख खाणले भौतिक, मानवीय क्षेत्रमा काम गरिरहेको तिलोत्तमाले सूचना प्रवाहमा पनि अग्रसर रहन सूचना केन्द्र संचालनमा ल्याएको बताए ।
खाणले सूचना केन्द्रले नगरभित्र भइरहेका हरेक गतिविधिबारे सरोकारवालालाई जानकारी दिलाउन र आपतकालीन कार्य संचालन केन्द्रले विपद् न्यूनीकरणमा सघाउ पुग्ने बताए ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिलोत्तमाले गरेको नवीनतम काम संघीय सरकारले गर्नुपर्ने खालको रहेको बताए ।
कार्यक्रमका अधिकांश सहभागीहरूले पालिकाले विनियोजन गर्ने बजेट मध्ये विपद् व्यवस्थापनका लागि गरिने तालिममा मात्र सीमित नरहेर केन्द्र स्थापना गरी तालिम प्रदान गरेका जनशक्तिलाई तत्पर रहन निर्देशन दिनुपर्ने बताएका छन् ।
तिलोत्तमा नगरपालिकाले जनताको पक्षमा राम्रा कार्यहरू गर्दै आएको छ । उत्कृष्ट नगरपालिकाका रुपमा पहिचान बनाएको तिलोत्तमाले फेरि अर्को नमूना काम गरेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया