देवराज सर पुतलीचैँ निःसन्देह पुतली नै हुन् : वाम बुद्धिजीवी संग्रौला

काठमाडौं । लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र संग्रौलाले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै कठपुतलीको संज्ञा दिएका छन् ।
सोमबार ट्विट गर्दै वाम बुद्धिजीवी संग्रौलाले घिमिरेविरुद्ध निकै कठोर आलोचना गरेका छन् । सभामुख पदको गरिमा बचाउन नसकेको भन्दै घिमिरेलाई एमालेका अध्यक्ष केपी ओलीले कठपुतलीलाई जस्तो गरी नचाएको आरोप उनले लगाएका छन् ।
संग्रौलाले लेखेका छन्, ‘मति र कर्मले छर्लङ्गै देखायो– सभामुख देवराज सर पुतलीचैँ निःसन्देह पुतली नै हुन् ।’
‘मैनका पुतली हुन् कि, कठपुतली हुन् कि, सुतली–पुतली हुन्, जगत् जानोस् !’, वाम बुद्धिजीवी संग्रौलाले भनेका छन् ।
एमालेका सांसद समेत रहेका घिमिरे सभामुख छन् । घिमिरेले एमालेबाट आफूलाई केही पर राखेर निष्पक्ष रुपमा संसद चलाउन सकेका छैनन् ।
ओलीको निर्देशनमा घिमिरेले संसदको बैठक चलाउँदै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई पेलेरै संसद चलाएपछि वामपन्थीहरूलाई पनि मन परेको छैन ।
कांग्रेसले संसदीय छानविन समितिको माग गरेर संसद अवरोध गर्दै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएपछि छानविनका लागि कांग्रेसले संसदीय समिति माग गरेको छ । यो समिति माग गर्ने अधिकार कांग्रेसलाई छ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया