घडीको प्रङ्ग पुष्टि गर्नुस्, सजाय भोग्छु, तपाई जस्तो नागरिकता छाडेर अमेरिका भाग्दिन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई घडीको विषयमा छानविन र अनुसन्धान गर्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद खतिवडाले अनुसन्धान गर्दा रवि लामिछाने जस्तो नागरिकता त्याग गरेर अमेरिका नभाग्ने बताएका छन् ।
उनले भने, ‘हिजो सदनमा बोल्ने क्रममा मेरो नाम नलिई एउटा घडीको बारेमा गृहमन्त्री रवि लामिछाने बोल्नु भयो ।’
‘तपाईंको अभिव्यक्ति बिचलित मानसिकताको अभिव्यक्ति थियो’, खतिवडाले भने, ‘तपाईं मन्त्री हुनुहुन्छ, मेरो संलग्नता पुष्टि गर्नु होस, म सजाय भोग्न तयार छु ।’
‘तपाई जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन’, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भनेका छन् ।
सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले आइतबार संसदमा सम्बोधन गर्ने क्रममा कांग्रेस नेता खतिवडालाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङको छोराको घडीसँग जोडेर आक्षेप लगाएका थिए ।
घडीको प्रङ्गबारे गृहमन्त्री लामिछानेले कुरा उठाएको हुनाले छानविन गर्न चुनौती दिएका छन् । चुनौती मात्रै होइन उनले घडीको विषयमा लगाएको आरोप पुष्टि गर्न पनि लामिछानेले चेतावनी दिएका छन् ।
सहकारीको रकम ठगीको आरोप लागेका लामिछानेका विषयमा कांग्रेसले संसदीय छानविन समिति बनाउन माग गरेर प्रतिनिधिसभाको बैठक अबरोध गरिरहेको छ ।
कांग्रेसले समितिको माग गरेपछि डराएका लामिछानेले आफ्नो विरोध गर्ने कांग्रेसका नेताहरू र अन्य विरोधीहरूविरुद्ध जथाभावी अभिव्यक्ति दिन थालेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया