रामेछाप प्रहरीद्वारा गाँजा खेती नष्ट

मन्थली । जिल्ला प्रहरी कार्यालय रामेछापले विभिन्न स्थानमा लगाइएको गाँजा खेतीलाई नष्ट गरेको छ ।

रामेछापका विभिन्न स्थानमा लगाइएका गाँजा बुधबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय चोप्राङको वडा एरियाअन्तर्गत रामेछाप खाँडादेवी गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा अवैध रुपमा लगाइएको गाँजा नष्ट गरेको भट्टराईले बताए ।

त्यसै गरी प्रहरी चौकी शिवालयको वडा एरिया र गोकुलगंगा गाउँपालिका वडा नं. १ गर्जाङ एरियामा अवैध रुपमा लगाइएको गाँजा पनि नष्ट गरिएको छ ।

Published : Tuesday, 2019 July 9, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया