ओली सरकार विदेशी प्रभुसामू लम्पसार बन्योः कांग्रेस नेता मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले विदेशी प्रभुहरूको दवावमा परेको वर्तमान कम्युनिस्ट सरकारले जनतालाई विषादीयुक्त तरकारी र फलफूल खुवाएर अन्याय गरेको बताएका छन् ।

संसदको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद मुसलमानले राष्ट्रवादको मास्क लगाएको कम्युनिस्ट सरकार विदेश प्रभु समक्ष लम्पसार बनेको बताएका हुन् ।

‘यो मेरो भनाइ होइन, कसैको ट्वीटको भनाइ हो– विदेशी हो या स्वदेशीले देशमा हाल छौँडाहरू छोदिएका छन्’, उनले भनेका छन्, ‘त्यही छौडाहरू चलायमान छन् ।’

‘राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभुको आदेशमा आईफा गर्न लागेको छ’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद मुसलमानले भनेका छन्, ‘विदेशी छौडाहरूको चलायमान अवस्था सकृय नै भएर हो देशमा मलखादको अभाव भई भारतीय विषदीयुक्त तरकारी खान नेपाली जनताहरू बाध्य भएका छन् ।’

‘यसरी जनताको स्वास्थ्यसँग खेलवाड गर्ने, धर्म, संस्कृतिमा प्रहार गर्ने, विदेशीको ईशारामा राष्ट्रवादको नयाँ बहस गर्ने छौडाहरूको कहाँ कसरी सञ्चालित भएर चलायमान भएका छन् यो विषयको जानकारी सम्बन्धित निकायहरूबाट पाउन अनुरोध गर्दछु’, उनले भनेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले छौडाहरू छाडेको भनेर ट्वीट गरेपछि उनको आलोचना भइरहेको छ । रिमालले आफ्नो पदीय गरिमालाई भुलेको आरोप पनि लगाइएको छ ।

Published : Sunday, 2019 July 7, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया