काठमाडौंमा भूकम्पको धक्का, घरबाट निस्किए मानिसहरू

काठमाडौं । काठमाडौंका घरहरू हल्लाउने गरेर शनिबार भूकम्पको धक्का महशुस भएको छ ।

करीव चार बजेर १५ मिनटमा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पको धक्का महशुस गरेपछि घरभित्र बसेका राजधानीबासी घरबाहिर निस्किएका थिए ।

काठमाडौं उपत्यकामा दुई बजेदेखि वर्षा भइरहेको छ । वर्षा भइरहेका बेला काठमाडौंका सर्वसाधारण घरबाहिर झरीमा भिजेर बाहिर सडक र खुला ठाउँमा निस्किएका थिए ।

Published : Saturday, 2019 July 6, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया